‘छ माया छपक्कै’को इन्टरनेशनल मुल्य एक करोड १० लाख भन्दा बढी !

चलचित्र ‘छ माया छपक्कै’को इन्टरनेशनल प्रदर्शन राईट बिक्रि भएको छ । ‘छक्का पन्जा’ टिम संग निर्माताको रुपमा रहदै आएका निशान बजगाईले चलचित्रको इन्टरनेशनल राइट्स खरिद गरेका हुन् । सोमबार बजगाई मुभिज प्राइभेट लिमिटेड र निर्माण कम्पनी रोहित अधिकारी फिल्मस्का बिच खरिद / बिक्रि सम्झौता भएको हो ।
इन्टरनेशनल राइट्स कतिमा खरिद बिक्रि भएको हो त्यो भने खुलाइएको छैन । यद्यपी महड्गो रकममा बिक्रि गरिएको बताइएको छ । निर्माता रोहित अधिकारीले टिमको बन्देज भन्दै यस बारेमा आफु बोल्न नमिल्ने जनाएका छन् भने खरिद कर्ता निशानले अहिले सम्मकै महङ्गो रकममा किनेको जनाए । यस अघि दिपक-दिपाको चलचित्रलाई हाइलाइटस् नेपालले १ करोड १० लाखमा डिजिटल सहित इन्टरनेशनल प्रदर्शन राइट्स खरिद गरेको दाबी गरिएको थियो । निशान आफुले त्यो भन्दा पनि बढीमा इन्टरनेशनल प्रदर्शन राइट्स मात्र खरिद गरेको बताउँछन् ।
दशैको अवसरमा प्रदर्शन हुने चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् । हाल चलचित्रको पहिलो सेड्युलको छायाँकन सकिएको र अब केहि दृष्य र गीतको छायाँकन दोस्रो सेड्युलमा गरिने जनाइएको छ । रोहित अधिकारीको निर्माण रहेको चलचित्रमा दिपकराज गिरि, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सम्पूर्ण लगानी रोहित अधिकारीको रहेको र नाफाको ५० प्रतिशत दिपक दीपाको टिमले पारिश्रमिक स्वरुप लिने सम्झौता भएको छ ।
Latest Updates
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota