‘छड्के’को सिक्वेलका लागि कलाकारको माग

सन् २०१३ को हिट चलचित्र ‘छड्के’को सिक्वेलका लागि कलाकारको माग गरिएको छ । निर्माण यनिटले अडिसन मार्फत कलाकार छान्ने भन्दै अडिसन कल गरेको हो ।
मार्सल आर्टस्को सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरि कलाकारको माग गरिएको छ । चलचित्रका लागि सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।
निगम श्रेष्ठकै निर्देशन रहने चलचित्रमा केही स्थापित कलाकारसँग पनि कुरा भएको बुझिएको छ । चलचित्रका लागि राजेश हमालदेखि सुनिल थापासम्म कुरा भएपनि फाइनल भने भइसकेको छैन ।
‘छड्के’ लामो समयसम्म फष्ट डे कलेक्सनमा रेकर्ड राख्ने चलचित्र थियो । प्रदर्शन अघि प्रशस्त हाइप बनाएको चलचित्रले प्रदर्शन पछि भने निकै आलोचना खेप्नु परेको थियो ।
चलचित्रका लागि बैशाख १८ देखि २१ सम्म चितवनको निर्वाणा स्टुडियोमा अडिसन हुनेछ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi