‘छड्के–२’को ट्रेलर सार्वजनिक

फागुन १९ मा प्रदर्शन हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को ट्रेलर सार्वजनिक गरिएको छ । ग्याङस्टरको कथा भन्ने चलचित्रको ट्रेलर एक्सनले भरिपूर्ण छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा चलचित्रमा प्रस्तुत गरिएको छ ।
तीनवटा ग्रीन ग्याङको नेता अनमोल हुन् । उनी मेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर चलचित्र हो । जसको शरीरभरी ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ ।
चलचित्रमा मनाङको सुन्दर पठार देखिने छ । यो चलचित्रमा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ । मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्न हुने ग्याङ बिचको युद्ध चलचित्रमा देखाइएको छ ।
निगम श्रेष्ठको निर्देशक रहेको चलचित्रका लेखक पनि उनी स्वयं हुन् । चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।
मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी र लोकेश बज्राचार्यको सम्पादन छ ।
निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Latest Updates
-
‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
-
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन
-
-
-
-
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi