Missing: Kt Harayeko Suchana
Juna
Rangi

चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ रिलिज

२०८१ श्रावन ३२
चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ रिलिज

दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिम्रन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । चलचित्रको गीत रिलिज कार्यक्रममा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक चलचित्रको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

जयन जे वाइवाको संगीत निर्देशन र शब्द रचना रहेको गीतमा कालि प्रसाद बास्कोटा र बबीना किराँतीको स्वर छ । गीतको सार्वजनिक गीतमा प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । चलचित्रको गीत रिलिज कार्यक्रममा निश्चल र स्वस्तिमालाई सफलताको शुभकामना दिन निर्माता माधव वाग्ले, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, संघिय सांसद विनिता कठायत, हास्य कलाकार सुमन कार्की लगायतको उपस्थिती रहेको थियो ।

चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय चलचित्र हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।

Kumari Bank