रिलिज डेट बिनै ‘छक्का पन्जा ३’ को पोष्टर सार्वजनिक
दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । यद्यपी पोष्टरमा चलचित्रको रिलिज मिति भने उल्लेख गरिएको छैन । निर्माण युनिटले शनिबार बिहान चलचित्रको ट्रेलर सहित प्रदर्शन मिति सार्वजनिक गर्ने उल्लेख गरेको छ ।
दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रको पोष्टरमा कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धी तामाङ र नायिका दीपिका प्रसाइलाई देख्न सकिन्छ ।
सामान्यतया: पोष्टरले चलचित्रको थिम बुझाउनु पर्ने भएपनि सार्वजनिक पोष्टरबाट छक्का पञ्जा ३ को विषयवस्तु बुझ्न सकिदैन । त्यसो त आमा सरस्वति मुभिजका यस अघिका चलचित्रमा पनि पोष्टर र ट्रेलरमा विषयवस्तु खुलाइने गरिएको थिएन । त्यसैको निरन्तरता छक्का पञ्जा ३ को पोष्टरमा पनि देखिएको छ ।
चलचित्रमा संजोग कोइराला, प्रियंका कार्की, निर शाह, किरण केसी, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिवहरी पौडेल, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय रहेको छ । वर्षा राउत र स्वस्तिमा खड्का पनि एक गीतमा देखिएका छन् ।
चलचित्रमा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कारियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँङ्कन र बिपिन मल्लको सम्पादन रहेको छ । दिपकराज गिरीको कथामा दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठले सम्बाद लेखेका हुन ।
चलचित्रमा दिपक–दिपाका अलवा जीतु नेपाल, केदार घिमिरे, सुमन गिरी, शिवहरी पौडेल, किरण केसी, तारा चन्द्र बाजगाई, पुरुषोत्तम प्रधान, दिपेन्द्र खानिया र केशब न्यौपानेको लगानी रहेको छ ।
निर्माण युनिटले यसअघि पहिलो नम्बरमा... र पछि उमेर ढल्केला... बोलका दुई गीत सार्वजनिक गरिसकेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri