छक्का पञ्जा प्रमोशन गीत रिलिज, दिपक, दिपा, केदार र जीतुको र्याप
दशैको अवसर पारी घटस्थापनाको दिनबाट प्रदर्शन हुन लागेको चलचित्र छक्का पञ्जा ३ ले प्रमोशनल गीत सार्वजनिक गरेको छ ।
१ मिनेट १५ सेकेण्ड लामो प्रमोशनल गीतमा कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलाले र्याप हानेका छन् भने डेविड शंकरको स्वर रहेको छ ।
चलचित्रमा समावेश पहिलो नम्बरमा बोलको गीतको म्यूजिकमा प्रमोशनल गीत तयार पारिएको हो । प्रमोशनल गीतमा केदार घिमिरेका शव्द रहेका छन् ।
हरेक चलचित्रमा फरक फरक शैलीको प्रमोशन शैली अपनाउने छक्का पञ्जा युनिटले तेस्रो संस्करणमा रिलिज डेट रजिष्टर गराउने गरी प्रमोशनल गीत तयार गरेको हो । यस अघि छक्का पञ्जा २ प्रदर्शनको समयमा पनि यस्तै एक गीत तयार गरेको थियो ।
दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र असोज २४ गते घटस्थापनाबाट रिलिज हुँदैछ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।
कमेडी जनराको छक्का ३ मा शैक्षिक क्षेत्रमा हुने बिकृतिमाथी व्यङ्ग गरिएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora