Mansara

छक्का पञ्जा ३ को गीतले पायो करोड भ्यूज, संगीतकारको जन्मदिनमा गरियो सेलिब्रेसन

२०७५ भाद्र २१
छक्का पञ्जा ३ को गीतले पायो करोड भ्यूज, संगीतकारको जन्मदिनमा गरियो सेलिब्रेसन

संगीतकार दिपक शर्माको जन्मदिनको अवसर पारि चलचित्र छक्का पञ्जा ३ को गीत पहिलो नम्बरमा को करोड भ्यूज सेलिब्रेसन गरिएको छ ।

खुसियालीको दिन शिर्षक दिई एउटै केकमा करोड भ्यूज र संगीतकारको जन्मदिनको खुशी र शुभकामना समावेश थियो । जुन केक संगीतकार शर्माले नै काटेका थिए । यूट्युबमा अपलोड भएको ३६ दिनमा पहिलो नम्बरमा बोलको गीतलार्इ करोड प्लस भ्यूज मिलेको हो । गीतमा विन्दु परियार र डेभिड शंकरको स्वर छ भने राजेन्द्र थापाले शव्द लेखेका हुन । केदार घिमिरे, दिपाश्री निरौला, जितु नेपाल, बर्षा राउत, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला, दिपिका प्रसाई, प्रियंका कार्की र दिपकराज गिरीको नृत्य देख्न पाइने यो गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । 

दिपाश्री निरौलाको निर्देशन रहेको यो चलचित्र दशैको अवसर पारि रिलिज हुनेछ । यद्यपी यहि दिनमै रिलिज हुन्छ भनेर चाँही भनिएको छैन ।

चलचित्रलार्इ सुमन गिरी, शिबहरी पौडेल, किरण केसी, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया, केदार घिमिरे, जितु नेपालका साथै दिपक राज गिरी र दिपाश्री निरौलाले निर्माण गरेका हुन ।

चलचित्रको विस्तृत विवरण जान्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोला ।

Mahajatra