घटस्थापनाको दिन छक्का पञ्जा ३, चलचित्रको ट्रेलर सार्वजनिक

चलचित्र छक्का पञ्जा ३ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सगै चलचित्रको प्रर्दशन मिति पनि रिलिज गरिएको छ । अब चलचित्र घटस्थापनाको दिनबाट प्रदर्शनमा आउँने छ ।
यसअघि छक्का पन्जा ३ दशैँमा भन्दै आएको निर्माण युनिटले दशैंमा नै रिलिज हुने अर्को चलचित्र जय भोलेसँगको सहमति पछि रिलिज डेट सार्वजनिक गरेको हो । कार्यक्रममा छक्का पन्जा ३ का निर्माता दिपकराज गिरीले अर्को चलचित्र जय भोलेको रिलिज डेट समेत घोषणा गरिदिएका छन् । उनका अनुसार जय भोले फुलपातिको दिनबाट प्रदर्शन हुने सहमति भएको छ । जय भोलेका निर्माता अशोक शर्मा र आफ्नो बिचमा पटक पटकको छलफल पछि फरक–फरक मितिमा प्रदर्शन गर्ने सहमति भएको उनले बताएका छन् ।
दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र छक्का पञ्जा ३ मा दिपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, लक्ष्मी गिरी, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri