‘छक्का पन्जा ३’ युट्यबमा

चलचित्र ‘छक्का पन्जा ३’ युट्यबमा सार्वजनिक भएको छ । दुईवर्ष अगाडी दशैंको अवसरमा सार्वजनिक प्रदर्शन भएको चलचित्र बुधबार साँझ युट्युब रिलिज भएको हो ।
दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । सामुदायिक विद्यालयमा हुने राजनीति र शैक्षिक बेथितिमाथी केन्द्रित चलचित्रले बक्सअफिसमा आक्रमक व्यापार गरेको थियो ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा विपिन मल्लको सम्पादन छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi