चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक
चलचित्र चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोष्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि एक हप्ता पछि सरेको जानकारी गराइएको छ । यो चलचित्र अब पौष २२ गतेबाट प्रदर्शन हुनेछ ।
एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको चलचित्रको सार्वजनिक मोसन पोस्टरमा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई समावेश गरिएको छ । मोसन पोस्टरको पाश्र्व संगीतले दर्शकमाझ उत्सुकता र डर पैदा गर्ने देखिन्छ ।
मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन रहेको चलचित्रलाई रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले निर्माण गरेका हुन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora