पोखराबाट ‘चित्रा’को छायाँकन शुरु

चलचित्र ‘चित्रा’को छायाँकन शुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने चलचित्रको शुक्रबारदेखि पोखरामा छायाँकन शुरु भएको हो । छायाँकन शुरु गरेसँगै चलचित्र माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २७ गते रिलिज हुने जनाइएको छ ।
एक रिटायर्ड बाबु र छोरीको कथालाई प्रस्तुत गर्ने चलचित्रमा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, सन्तोष अधिकारी, शुभेच्छा खड्का, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहनेछ ।
सन्तोष अधिकारी फिल्मस्को व्यानर तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा बन्ने चलचित्र पोखरा र घाचोकमा छायांकन हुनेछ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहने चलचित्रमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद, महेश पौडेलको छायांकन र राजन राज सिवाकोटीको संगीत रहनेछ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel