चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु
चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांकन सुरु भएको हो ।
चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, आरएल लामा, जयनन्द लामा, धिरन शाक्य, कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, बालकलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहनेछ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् ।
निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रमा विकास चौधरीको संगीत, सुरेश लामाको स्वर, आरएल लामाको शब्द, दिनेश पाख्रिन, अजय स्याङ्तान र अर्जुन भुषालको नृत्य र रामेस्वर हुमागाईको छायांकन रहनेछ । चलचित्रका सहनिर्माता रमेश खत्री, करणबहादुर बिष्ट र शेखर लामा रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
