‘चुरीफुरी’लाई दर्शकको साथ, निर्देशक भन्छन् – उत्साहजनक प्रतिक्रिया पाएको छु
चलचित्र ‘चुरीफुरी’लाई दर्शकको साथ मिलेको छ । निर्देशक ऋषीराज आचार्यका अनुसार बिहानी शोमा चलचित्र हेरेका अधिकांश दर्शकहरुले उत्साहजनक प्रतिक्रिया दिएका छन् । दर्शक प्रतिक्रिया लिन आफु अष्टनारायण हल र आइएनआइ सिनेमा पुगेको भन्दै उनले त्यहाँ चलचित्र हेरेका दर्शकबाट प्राप्त प्रतिक्रियाले आफ्नो टिम हौसिएको जनाए ।
निर्देशक आचार्यका अनुसार अष्टनारायण हल बालाजु र नयाँ बसपार्कको लोत्सो मल स्थित आइएनआई सिनेमामा चलचित्र हेरेका दर्शकसँग प्रतिक्रया लिन उनी आफै हल पुगेका थिए । चलचित्रका केही कलाकार सहित हल पुगेका आचार्यले दर्शकहरुले चलचित्रको विषय वस्तुलाई निकै रुचाएको जनाएका छन् । नयाँ कलाकारको कामलाई पनि प्रसंसा मिलेको भन्दै उनले दर्शकहरु चलचित्र हेरेर सन्तुष्ट भएको आफुले पाएको जनाए । लेन्सनेपालसँग कुराकानी गर्दै निर्देशक आचार्यले भने – ‘मौलिक कथामा चलचित्र बनाएका कारण होला दर्शकहरुले आफ्नै कथा सम्झनु भयोे । सायद त्यसैले होला कमेडी शैलीको यो चलचित्र हेर्दै गर्दा कतिपय दर्शकहरु भावुक पनि बन्नु भयो ।’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै उनले चलचित्रको माउथ पब्लिसिटीका कारण भोलिबाट दर्शकको उपस्थित अझ राम्रो हुने आशा गरेका छन् ।
बैदेशिक रोजगारी र जग्गा कारोबारीमा हुने ठगीको विषयमा चलचित्र केन्द्रित छ । चलचित्रमा पछिल्लो पुस्ताका चर्चित हाँस्य कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा हाास्य कलाकारहरु रबिन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनीता श्रेष्ठलगायतको अभिनय रहेको छ । यस्तै यसै चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङले अभिनयमा डेब्यु गरेका छन् ।
आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकाल निर्माता रहेको चलचित्रका सहनिर्माता बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा हुन् । चलचित्रमा निर्देशक आचार्यकै लेखन, राहुल राईको छायाँकन, नवीन निरौलाको सम्पादन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कलानिर्देशन र दीपक शर्माको संगीत रहेको छ ।
मल्टिप्लेक्स हलमा बिदेशी चलचित्रको दबदबा कायम रहेका कारण ‘चुरीफुरी’ले उल्लेख्य शो पाउन नसके पनि सिंगल थियटरमा भने राम्रो स्थान पाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
