Missing: Kt Harayeko Suchana
Juna
Rangi

चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको ट्रेलर सार्वजनिक

२०७९ पौष ६
चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको ट्रेलर सार्वजनिक

चलचित्र चि मुसी चिः इभन डेड डिजायर बिलङ्गिङको ट्रेलर सार्वजनिक गरिएको छ । हरर जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ डर र उत्सुक्ता पैदा गर्न खोजिएको छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको चलचित्रमा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन रहेको चलचित्रलाई रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले निर्माण गरेको चलचित्र पौष २२ गतेबाट प्रदर्शन हुनेछ ।

Kumari Bank