चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ बैशाख १६
चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक

चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथालाई उठान गरिएको छ । चलचित्रमा अनुपविक्रम शाही अव्वल पहरीको भुमिकामा देखिएका छन् । ट्रेलरमा देशका सबै नागरिकलाई बर्दी बिनाका प्रहरी र प्रहरीलाई बर्दी लगाएका नागरिकका रुपमा व्याख्या गरिएको छ । 

चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । आर्या मुभिज र सारा श्री मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन र साम्राट सापकोटाको लेखन रहेको छ । राम शाक्य निर्माता रहेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरहेका हुन् । चलचित्र जेष्ठ १७ बाट प्रदर्शनमा आउने जनाइएको छ ।