Missing: Kt Harayeko Suchana
Juna
Rangi

चलचित्र पाइरेसीको आरोप लागेका परियार पक्राउ

२०७७ फागुन १८
चलचित्र पाइरेसीको आरोप लागेका परियार पक्राउ

बिभिन्न चलचित्रको पाइरेसी गरेको आरोपमा लमजुङको बेशीसहरका सुजन परियार पक्राउ परेका छन् । ओटिटी प्लेटफर्ममा प्रदर्शनका लागि राखिएका बिभिन्न चलचित्रहरु पाइरेसी गरि अन्य सञ्जालहरुमा सार्वजनिक गरेका परियारलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

मंगलबार चलचित्र विकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा ‘डमरुको डन्डीबियो’ र ‘सरौतो’ लगायतका चलचित्र इन्टरनेटमा पाइरेसी गरेको आरोप लागेका २५ बर्षे युवकलाई प्रहरीले केहीदिन पहिले पक्राउ गरेको जानकारी दिइएको छ ।

परियारले ‘चलचित्र घर गोल्ड’ एपबाट अनाधिकृतरुपमा चलचित्र पाइरेसी गरेर टेलिग्राम एपमा अपलोड गरेको जनाइएको छ । अभिनेता खगेन्द्र लामिछाने र सागर खरेलको टिमले चलचित्र घर गोल्ड केही समय पहिले संचालनमा ल्याएको थियो । एप संचालक खरेलले कानुन बमोजिम कार्वाही हुने ढंगले परियारविरुद्ध मुद्दा चलाइने बताए । अभिनेता लामिछानेले पाइरेसीका कारण चलचित्र उद्योग मारमा परेको बताउँदै पशुपतिप्रसाद पाइरेसीको पीडा अहिलेसम्म भोगिरहेको सम्झिए ।

पत्रकार सम्मेलनमा अभियुक्तलाई उपस्थित नगराई प्रहरीका प्रतिनिधिले तस्विर र जानकारी मात्रै सार्वजनिक गरेका थिए । परियारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरि टेकुस्थित महानगरीय प्रहरी परिसरमा राखेको छ । परियारविरुद्ध इन्टरनेटमा अनाधिकृतरुपमा चलचित्र पाइरेसी गरेको आरोप लगाइएको छ ।
 

Kumari Bank