डि सिने अवार्ड सम्पन्न : सलिन र नम्रता सर्वोत्कृष्ट

डि सिने अवार्डको एघारौ संस्करण काठमाण्डौमा सम्पन्न भएको छ । चार सम्मान र कुल ३३ बिधामा प्रदान गरिएको अवार्डमा उत्कृष्ट नायकको अवार्ड सलिनमान बनियाले चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ बाट पाएका छन् भने उत्कृष्ट नायिकाको अवार्ड चलचित्र प्रसादबाट नम्रता श्रेष्ठले पाइन् ।
समारोहमा छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं चलचित्रकर्ममा सक्रिय शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् ।
यसैगरी छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा पाश्र्व गायनमा सक्रिय गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि फिल्म निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिएको छ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारितामा सक्रिय पत्रकार अनन्त वाग्ले पुरस्कृत भएका छन् । सम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु २५०२५।– सहित प्रमाण–पत्र दोसल्लाको सम्मान रहेको छ भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६ मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको हो । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु ११,१११।– सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिएको हो ।
अवार्डको बारेमा बोल्दै अध्यक्ष शान्तिप्रियले सक्दो कम विवाद ल्याउने तर्फ आयोजक रहेको बताए । ‘अवार्ड भनेपछि विवाद त आइहाल्छ हाम्रो ध्यान कम विवाद ल्याउनेमा रहेको छ’ उनले सम्बोधन गर्दै भने ‘हामीले जतिबेला सुरु गरेका थियौ त्यतिबेला डिजिटल फिल्म निकै कम बन्थे अहिले सबै डिजिटल छन्, खुसि लाग्छ ।’ यसैगरी जुरी संयोजक लेखक तथा निर्देशक मोहन निरौलाले पनि आफुहरु सक्दो न्याय गर्ने कोसिस गरेको बताए । ‘हामीले निर्णय लिदा कसलाई काखापाखा नगर्दै कामको आधारमा मुल्यांकन गरेका छौ ।’ अवार्ड कार्यक्रममा फिल्मकर्मी तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो ।
हेर्नुस् उत्कृष्ट मनोनयन् र बिजेताको सूचि
Dcine Award - 2076
Jury : Mohan Niraula, Bijayaratna Tuladhar, Rajendra Uprety, Sabnam Mukhiya
Event Date : May 04, 2019
Event Location : Kathmandu
Category | Nominations | Awarded |
---|---|---|
Best Movie |
||
Best Director |
||
Best Actor in a Leading Role (Male) |
||
Best Actor in a Leading Role (Female) |
||
Best Actor in a Supporting Role (Male) |
||
Best Actor in a Supporting Role (Female) |
Laxmi Bardewa - Damaruko Dandibiyo |
|
Best Actor in a Negative Role |
||
Best Actor in a Character Role (Male) |
||
Best Actor in a character Role (Female) |
||
Best Actor in a Comic Role |
Bhim Ghalan - Sali Kasko Bhena Ko Rakshya Gautam - A Mero Hajur 3 |
|
Best Debut Actor (Male) |
||
Best Debut Actor (Female) |
||
Best Child Artist |
Sedrina Sharma - Nai Nabhannu La 5 |
|
Best Debut Director |
Chhetan Gurung - Damaruko Dandibiyo |
|
Best Cinematographer |
||
Best Editor |
Dirgha Khadka - A Mero Hajur 3 |
|
Best Story |
Samipya Raj Timalsena - Captain |
|
Best Screenplay |
Chhetan Gurung, Baburam Dahal, Pratik Paudel, Suman Paudel - A Mero Hajur 3 |
|
Best Dialogue |
Deepak Raj Giri, Jitu Nepal, Kedar Ghimire, Yaman Shrestha - Chhakka Panja 3 |
|
Best Music Director |
||
Best Music Director (Movie Folk Song) |
Rajan Raj Shiwakoti - Happy Days Prasad Shrestha - Sali Kasko Bhena Ko |
|
Best Lyricist |
||
Best Playback Singer (Male) |
||
Best Playback Singer (Female) |
Bindu Pariyar - Chhakka Panja 3 |
|
Best Choreographer |
||
Best Dance Director (Movie Folk Song) |
||
Best Acton Director |
||
Best Sound Mixing |
||
Best Background Score |
Alish Karki - Damaruko Dandibiyo |
|
Juri Award |
||
Encouragement Award |
||
Critics Award |
||
Best Journalism Award |
||
Lifetime Legendary Award |
||
Silver Jubilee Honor |
||
Popular Award |

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi