चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक

२०८१ चैत्र ३
चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक

चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक गरिएको छ । रोजन रखालको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । चलचित्रमा समाजमा व्याप्त बिसंगति, कुरीति र वर्गिय असमानता विरुद्ध सचेतनाको कथा भनिएको निर्देशक रोजनले जनाएका छन् । ट्रेलर हेर्दा शशस्त्र द्वन्द्वकालिन समयको झल्को दिने खालको छ ।

चलचित्रमा निर्देशक रोजन स्वयम्ले अभिनय गरेका छन् भने उनका साथमा लक्ष्मी पाण्डे, कुमार राई, सुनिल राना मगर, समिर विश्वकर्मा, कविता पुन मगर, अस्मिता रुचाल लगायतका कलाकारको अभिनय रहेको छ ।

ललितपुरको लेले आसपासका क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा क्रान्ति मगरको छायाँकन र सम्पादन रहेको छ । चलचित्रमा राजेन्द्र चौधरीको द्वन्द्व, समिर मियाको भिएफएक्स र अस्मिता रुचालको मेकअप रहेको छ ।

फायर इन्टरप्राइजेन एण्ड मिडिया प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता क्रान्ति मगर र प्रस्तुतकर्ता रोजन रखाल हुन् । चलचित्रका गीतमा महेश नेपाली, देवी वस्नेत, विमला विश्वकर्मा र लक्ष्मण पाख्रिनको स्वर, दर्शन नेपालीको शब्द र दर्शन नेपाली र महेश नेपालीको संगीत र प्रस्तुती शाहीको कोरियोग्राफी छ ।