‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘दाल भात तरकारी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका विच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा राजेश पायल राई र स्मिता दाहालको स्वर छ भने प्रविन सिंहले कोरियोग्राफी गरेका छन् ।
गीतसँगै चलचित्र प्रदर्शनको नयाँ मिति पनि सार्वजनिक गरिएको छ । यसअघि आगामी वर्ष १३ गते प्रदर्शन हुने भनिए पनि अब भने एक हप्ता पछि अर्थात बैशाख २० मा प्रदर्शन हुने बताइएको छ । चलचित्रको टेक्नीकल काम नसकिने भएपछि एकसात पर सार्नु परेका प्रस्तुतकर्ता किरण केसीले बताएका छन् ।
हरिवंश आचार्यको कथा, पटकथा तथा सम्वाद रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो सुदनको डेव्यु निर्देशकीय चलचित्र हो । महसंचारको व्यानरमा निर्माण भएको चलचित्रलाई रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल र यमन श्रेष्ठले निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri