Mahajatra

‘डार्क एण्ड लाईट’ को ट्रेलर र गीत रिलिज

२०७६ आषाढ ३०
‘डार्क एण्ड लाईट’ को ट्रेलर र गीत रिलिज

चलचित्र ‘डार्क एण्ड लाईट’ को ट्रेलर र गीत रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।

खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको छ । 

खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका छन् । चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ । चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा कुमार महर्जनको द्वन्द्व, शिव ढकाल तथा सविन भट्टराईले छायांकन, कमल राईको कोरियोग्राफी, राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत, डेविड शंकर तथा सरस्वती भुजेलको स्वर र पिटर खालिङको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रलाई सरस्वती भुजेल र पिटर खालिङले निर्माण गरेका हुन् । चलचित्र यही भदैं ६ गते देखि प्रदर्शन हुनेछ ।