‘दासढुंगा च्याप्टर टु’ निर्माण हुने

जननेता मदन भण्डारीको रहस्यमय जिप दुर्घटनामा आधारित चलचित्र ‘दासढुंगा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव भण्डारकिो दर्घटनामा आधारित चलचित्र ‘दासढुंगा’ रिलिज भएको थियो । त्यसैको च्याप्टर २ बन्ने भएको हो ।
दासढुंगा काण्ड पछि त्यसको प्रत्यक्ष असर परेका क्षेत्रको कथालाई चलचित्रले उठाउने जनाइएको छ । ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दर्घटना’लाई चलचित्रले केलाउने सार्वजनिक थिम पोष्टरमा उल्लेख छ । चलचित्रलाई कुमार भट्टराईले लेखन, निर्देशन गर्नेछन् ।
अपिल विष्ट फिल्मस, अस सिनेमा र म्याजिक माउन्टेन मुभिजको व्यानरमा निर्माण हुने चलचित्रमा अपिल बिष्ट प्रस्तुतकर्ता, कुशल पाण्डे निर्माता, दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माता र प्रदीप आचार्य सहनिर्मातामा रहेका छन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi