Mahajatra

नरेश भट्टराईको शव्दमा ‘दशैं तिहार साँच्चै रमाईलो’

२०७६ असोज १४
नरेश भट्टराईको शव्दमा ‘दशैं तिहार साँच्चै रमाईलो’

चर्चित सञ्चारकर्मी तथा कुशल गीतकार नरेश भट्टराईको शव्दमा ‘दशैं तिहार साँच्चै रमाईलो’ बोलको दशैं गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि लम्सालको संगीत र प्रेम सेनको स्वर रहेको छ ।

दशैं र तिहारको परिवेश तयार पारि छायाँकन गरिएको गीतको भिडियोलाई जनक सिंहले निर्देशन गरेका हुन् । भिडियोमा रबी सिंह, उरुशा थापालगायतका कलाकारको अभिनय रहेको छ भने सन्देश रिमालको कोरियोग्राफी, मुकेश हुमागाईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।