पोखरामा चलचित्र ‘दयारानी’को प्रिमियर

चलचित्र ‘दयारानी’को प्रिमियर गरिएको छ । आइतबार साँझ पोखराको मिडटाउन सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज सिवाकोटी, ‘दयारानी’का लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेत्री दिया पुन लगायतका चलचित्रकर्मी, स्थानिय कलाकार तथा चलचित्र पत्रकारहरुको उपस्थिति थिए ।
प्रिमियर पछि उपस्थितहरुले चलचित्रको खुलेरै तारिफ गरेका छन् । चलचित्रको कथा, प्रस्तुति र कलाकारको अभिनयलाई धेरैले रुचाएका छन् । चलचित्रमा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi