चलचित्र ‘डिग्री माइला’को फर्स्टलुक सार्वजनिक
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई मात्र प्रस्तुत गरिएको छ । पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा केही सोचिरहेको अवस्थामा देख्न सकिन्छ । चश्मा लगाएका उनले जुँगा समेत पालेका छन् ।
चलचित्रमा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्ने जनाइएको छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।
सोही नाटकलाई चलचित्रको रुपमा पर्दामा प्रस्तुत गर्न लागेको बताइन्छ । बाँसुरी फिल्मस्ले चलचित्र निर्माणमा सुस्मा फिल्मस् सँग सहकार्य गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
