‘देववाणी’को गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक
बाबु साहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार एक कार्यक्रम गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । चलचित्र यसै वर्षको मंसिर ७ गते रिलिज हुँदैछ । गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर, भोला पौडेलको शब्द र मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।
भारतमा खिचिएको गीतमा चलचित्रका नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा तेन्जु योञ्जनको कोरियोग्राफी छ । गीतमा भारतका सुन्दर लोकेसन देख्न सकिन्छ । कार्यक्रममा चलचित्रको टिजर र अर्को एक गीत पनि सार्वजनिक गरिएको थियो ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत र बन्दे प्रसादको सम्पादन छ ।
चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora