मंसिर ७ मा बाबु बलामीको ‘देववाणी’
बाबु साहेब बलामी निर्देशित चलचित्र ‘देववाणी’ मंसिर ७ गते रिलिज हुने भएको छ । निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको टुंगो लगाएको हो । पोस्टरमा चलचित्रका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर, सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।
चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora