Missing: Kt Harayeko Suchana
Juna
Rangi

कोरोनाले पारेको मनोसामाजिक समस्यामा ‘ढोका’

२०७७ भाद्र २२
कोरोनाले पारेको मनोसामाजिक समस्यामा ‘ढोका’

कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यामा आधारित सर्ट फिल्म ‘ढोका’ सार्वजनिक भएको छ । वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको फिल्मको लेखन तथा निर्देशन दिवस धितालले गरेका छन् ।

निर्देशक तथा कलाकार दिवसले आम मानिसलाई कोरोनाको कारण परेको मानसिक तनावलाई ढोकामार्फत उतारिएको बताए । फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । वरुण भारतमा गएर फिल्म छायांकन अध्ययन गरेर केही वर्ष भारतको फिल्म उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छायाकार हुन् । बरुणले फिल्ममा साउण्ड डिजाइनको पनि काम गरेका छन् ।

राजाराम गौतमले निर्माण गरेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।

Kumari Bank