पहिलो पटक युरोपमा प्रस्तुती दिँदै धुर्मुस् सुन्तली

कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरु युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरुमा रहेका नेपाली दर्शकलाई हँसाउँने भएका हुन् ।
धुर्मुस् सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुती जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ । यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस् सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुल्सि सिवाकोटी को पनि प्रस्तुती रहनेछ ।
कलाकार धुर्मुस् सुन्तलीले बिदेशको कार्यक्रम नै ५ बर्षपछि गर्दैछन् । उनीहरु पछिल्लो पटक बि.सं. २०७५ को अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral