चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
हाल प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । निर्माणाधीन यस चलचित्रका कार्यकारी निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशीले बुधवार उनलाई आधिकारिक रूपमा अनुबन्ध गरेका हुन् ।
रोमान्टिक कमेडी यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । श्रेष्ठका अनुसार ‘माया प्रीति’ नयाँ पुस्ताको प्रेम कथा हो, जसले प्रेमको मूल्य र महत्त्वलाई सहज वा असहज परिस्थितिमा पनि एकसमान राख्नेछ । श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
चलचित्रमा अनुबन्ध भएपछि रायमाझीले आफू नेपाली सिनेमाको संस्कारमा हुर्किएकी भएकाले राम्रो स्क्रिप्ट छनोट गर्न सजिलो भएको बताइन् । ‘माया प्रीति’को कथा आफूले खोजे जस्तै भएको उनको भनाइ छ । तर, उनले आफ्नो भूमिकाबारे भने खुलासा गर्न चाहिनन् ।
दिव्याले आफ्नो पहिलो चलचित्र ‘एक्टर: टेक वन’मा नै उत्कृष्ट अभिनय गरेकाले उनलाई ‘माया प्रीति’को लागि अफर गरिएको कार्यकारी निर्माता कार्कीले बताए । उनले रायमाझीको लागि यस चलचित्रको चरित्र उपयुक्त रहेको र स्क्रिप्टले उनलाई न्याय गर्ने भएकाले अनुबन्ध गरिएको बताए ।
वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रमा चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहनेछिन् । यो चलचित्रको निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो । क्रिएटिभ निर्देशक प्रणव जोशी यसअघि २०७२ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन् । साथै, उनी एक कुशल एआई कलाकार पनि हुन् ।
यस चलचित्रको छायाङ्कन चाँडै सुरु हुने तयारीमा छ भने अन्य कलाकारहरूको घोषणा क्रमशः गरिने बताइएको छ । चलचित्रको कलाकार म्यानेजमेन्ट लिभेन्ट्स् स्टुडियोले गर्नेछ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora