किरण र दिपाको अभिनयमा ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’
१५ वर्षअघि निर्माण भएको चलचित्र ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ ।
जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत एवम् एरेन्ज छ ।
गीतको भिडियोमा किरण केसी ‘रातामकै’, दीपाश्री निरौला, बाल कलाकारहरु रियान खड्का र प्रनिता रोकाया फिचर्ड छन् ।
माइकल चन्द निर्देशित भिडियोमा सौरभ लामाको छायाङ्कन, सियोब श्रेष्ठको नृत्य, सलिन लम्सालको सम्पादन, नन्दा अधिकारीको श्रृङ्गार र सरस्वती श्रेष्ठको केश विन्यास रहेको छ ।
Latest Updates
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट
-
अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
-
दर्शकबाट 'एक्टर: टेक टु'को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora