Missing Movie Online

चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भाद्र १३
चलचित्र बिकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र बिकास बोर्डको अध्यक्षमा निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । नेपाली चलचित्र क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्षमा २ वर्षका लागि डिसीलाई नियक्त गरिएको हो ।

टेलिसिरियल हुँदै सन् १९९७ मा रिलिज भएको चलचित्र ‘सुनचाँदी’बाट डिसीले फिचर फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए । तीन दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेका डिसी चर्चित निर्देशक समेत हुन् । सन् २००६ मा रिलिज भएको चलचित्र ‘सावधान’बाट निर्देशन यात्रा सुरु गरेका उनले ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ र ‘फूलै फूलको मौसम तिमीलाई’को निर्देशन गरेका छन् ।

चलचित्र कलाकार संघको सल्लाहकार र चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष समेत रहेका डिसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष हुन् । आवाजको साथी उपमाले चर्चित रहेका डिसी टेलिभिजन, रेडियो कार्यक्रम र स्टेज कार्यक्रम सञ्चालनमा निकै नै सफल र चर्चित छन् ।

Jwai Sap
Aktor
Kumari Bank