काठमाडौं आउने, बस्ने र जानेहरुको कथा ‘चिसो एष्ट्रे’

काठमाडौं आउने, बस्ने र जानेहरुको कथा बोल्ने चलचित्र हो ‘चिसो एष्ट्रे’ । ३ वर्गको कथा मार्फत काठमाडौंलाई हेर्ने फरक र फ्रेस् दृष्टिकोण चलचित्रले प्रस्तुत गरेको निर्देशक दिन्स पाल्पालीले जनाएका छन् ।
कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ कबितामा आधारित छ चलचित्र । आफु पहिले देखि नै भूपी शेरचनका कबिताको फ्यान भएकोले उनकै कबितामा आधारित भएर चलचित्र बनाएको उनको भनाई छ । त्यसो त पछिल्लो समय मौलिक कथाको खोजी भइरहदा उनले कविता भित्र पनि आफ्नै कथा खोज्न सकिने सम्भावना देखाएका छन् ।
चिसो एष्ट्रेका माध्यमबाट धेरै दर्शकसँग जोडिन सक्ने ठानेर यो कबितामा चलचित्र बनाउने आँट गरेको उनको भनाई छ । उनी यो कथाले धेरै दर्शकलाई छुनेमा उनी बिश्वस्त छन् । त्यसैले त चलचित्र बनाउने भनेपछि शुरुमा यही कथा रोजे । उनले दुई दिनमै चलचित्रको स्कृप्ट पनि लेखे । अनि निर्मातालाई सुनाए । निर्माताले त ठिक छ भने तर, आफैलाई भने भावना बाहेक अरु केही छ जस्तो लागेछ । अनि फेरी रि–राइट गर्न थाले । रि–राईट गर्ने क्रममा एघारौं ड्राफ्ट तयार गरेपछि मात्र उनले स्कृप्ट लक गरे । यो बिचमा उनको टिममा बिभिन्न निर्देशक तथा कलाकाहरु जोडिएका थिए । उनले सबैको इन्पुट लिए ।
यतिबेला चलचित्रको ट्रेलरले निकै चर्चा पाएको छ । कलाकारहरुको अभिनयको तारिफ भइरहेको छ । दिन्सको कामलाई लिएर धेरै आशाबादी छन् । यद्यपी रिजल्ट चैत्र ४ गते थाहा हुनेछ । चैत्र ४ गतेबाट प्रदर्शन हुने यो चलचित्रले मित्रताको कथा भन्ने छ । काठमाडौंलाई हेर्ने नयाँ दृष्टिकोण स्थापित गर्नेछ । धेरैले काठमाडौंलाई एष्ट्रेको रुपमा बिम्बित गरेको भनेर प्रश्न पनि गरेका छन् । ति प्रश्नको जवाफ भने चलचित्रले नै दिने दिनेशको भनाई छ ।
चलचित्रमा दिब्यदेब, श्रृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल, शुशिलराज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमल्सिना हुन् भने प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले निर्माता र रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माता हुन् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri