‘नाई नभन्नू ल ६’को गीत ‘दिउँला माया’ सार्वजनिक

चलचित्र ‘नाई नभन्नू ल ६’को पहिलो गीत ‘दिउँला माया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका निर्देशक बिकासराज आचार्यको शब्द, शरद शंकर र बेनिशा पौडेलको स्वर र गायक शंकरको संगीत छ । प्रेमभावको गीतमा चलचित्रका मुख्य कलाकारद्वय आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई फिचर गरिएको छ ।
आगामी बैशाख १ गतेबाट प्रदर्शन चलचित्रमा आशिर्वाद र आँचलका अलवा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अर्थव उप्रेतीको पनि मुख्य भूमिका छ ।
चलचित्रमा निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन, हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर र कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।
आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता हुन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi