Khusma
Devi
Rawayan

पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ घोषणा

२०८१ भाद्र १८
पौराणिक एक्सन थ्रिलर चलचित्र ‘डिएनए’ घोषणा

चलचित्र ‘डिएनए’ निर्माणको घोषणा गरिएको छ। चलचित्रमा चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त रुपमा निर्देशन रहने छ । एक्सन थ्रिलर शैलीमा निर्माण हुने चलचित्र पौराणिक कथाको  ‘मोर्डन एडप्टेसन’मा आधारित हुनेछ ।

फोनिक फ्लिकको ब्यानरमा निर्माण हुने चलचित्र बड पिक्चर्स र अन्डर एक्सपोज़ सिनेमासँगको सहकार्यमा निर्माण हुनेछ ।

फागुनबाट चलचित्रको छायाँकन शुरु हुने जनाइएको छ । चलचित्रका अन्य कलाकार र प्राबिधिकहरु भने सार्वजनिक गरिएको छैन ।