‘डोरी’का १० क्यारेक्टर पोस्टर सार्वजनिक

२०८१ चैत्र १०
‘डोरी’का १० क्यारेक्टर पोस्टर सार्वजनिक

चलचित्र ‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको जनाइएको छ ।

चैत १५ गते रिलिज हुने चलचित्रले प्रचारलाई तिब्र बनाइरहेको छ । यसै क्रममा क्यारेक्टर पोष्टर सार्वजनिक गरेको हो । पोस्टरहरूमा खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा देख्न सकिन्छ । पोष्टरमा चलचित्रका कलाकारहरू अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्‌देल र कविता आले रहेका छन् । यसअघि नै एक कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको थियो ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना र सम्पादक मिलन श्रेष्ठ हुन् ।