प्रदर्शनमा आयो चलचित्र ‘डोरी’
आजबाट चलचित्र ‘डोरी’ प्रदर्शनमा आएको छ । अरुण लामाको निर्देशन रहेको चलचित्रको ओपनिङ व्यापार निकै कमजोर देखिएको छ । चलचित्रको अनलाइन बुकिङ निकै कमजोर देखिएको छ । बिहानी शोमा अकुपेन्सी पनि सुखद् छैन ।
चलचित्रले देशभर लगभग एक सय हाराहारी शो पाएको छ । प्रचारमा निकै कमजोर देखिएको चलचित्रको व्यावसायिक सफलताका ‘वर्ड अफ माउथ’ बलियो हुन आवश्यक छ ।
निर्देशक लामा स्वयंको लेखन रहेको चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ लगायतको पनि अभिनय छ ।
दिनेश भट्टराई निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता राज थापा हुन भने सौरभ लामाको छायांकन रहेको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi