चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक
चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक गरिएको छ । जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । महेश नेपाली, देवी वस्नेत, विमला विश्वकर्मा र लक्ष्मण पाख्रिनको स्वर रहेको गीतमा दर्शन नेपालीको शब्द र दर्शन नेपाली र महेश नेपालीको संयुक्त संगीत रहेको छ । गीतमा प्रस्तुती शाहीको कोरियोग्राफी रहेको छ ।
रोजन रखालकै लेखन तथा निर्देशन रहेको चलचित्रले समाजमा व्याप्त बिसंगति, कुरीति र वर्गिय असमानता विरुद्ध सचेतनाको कथा भनेको छ । रखाल र पाण्डेका साथै चलचित्रमा कुमार राई, सुनिल राना मगर, समिर विश्वकर्मा, कविता पुन मगर, अस्मिता रुचाल लगायतका कलाकारको अभिनय रहेको छ ।
ललितपुरको लेले आसपासका क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा क्रान्ति मगरको छायाँकन र सम्पादन रहेको छ । चलचित्रमा राजेन्द्र चौधरीको द्वन्द्व, समिर मियाको भिएफएक्स र अस्मिता रुचालको मेकअप रहेको छ ।
फायर इन्टरप्राइजेन एण्ड मिडिया प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता क्रान्ति मगर र प्रस्तुतकर्ता रोजन रखाल हुन् । हाल मेसन स्टुडियोमा पोष्ट–प्रोडक्सनको काम भइरहेको चलचित्रलाई २०२५ भित्रै प्रदर्शन गरिने निर्देशक रखालले जनाएका छन् ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora