‘एकलब्य’को ट्रेलर सार्वजनिक

चलचित्र ‘एकलब्य’को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल शर्मा निर्देशित चलचित्रको ट्रेलर एक्सन प्रधान रहेको छ । थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका अनमोलको यो डेव्यु चलचित्र हो ।
चलचित्रमा सोनाम थापा मगर, ओसिन भट्टराई, महिमा सिलवाल, पुष्कर राउत, सुमन ढकाल, सन्ध्या भट्टराई, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतका कलाकारको अभिनय रहेको छ ।
राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको निर्माण रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा र संवाद, कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर र राजेन्द्र बजगाईको शव्द संगीत रहेको छ ।
चलचित्र साउन १० गतेबाट प्रदर्शन हुनेछ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi