प्रदर्शनरत ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन् ।
गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन् । किरण थापाले कोरियोग्राफी गरेका छन् । छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन् । गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको सङ्घर्ष पछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ ।
यस चलचित्रमा प्रदिप सहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
