२९ औं दिनमा सकियो ‘रातो टिका निधारमा’को छायाँकन
चलचित्र ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । २९ औं दिनमा इण्डक्याल्प गरिएको चलचित्र झापा र काठमाडौँमा छायाँकन गरिएको हो ।
आउने दशैंको अवसरमा प्रदर्शन हुने चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन् । दशैंको माहौल झल्काउने गीतबाट छायाँकन सुरु गरिएको थियो । झापामा छायाँकन गरिएको शिर्ष गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मा फिचरिङ छन् । झापाबाट सुरु गरिएको छायाँकन काठमाडौँमा आएर सकिएको निर्देशक शर्माले जानकारी दिए ।
यहि चलचित्रबाट निर्देशक शर्माका छोरा अंकितले डेब्यु गरेका छन् । चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
ए.ए ग्रुप अफ कम्पनीजको व्यानरमा निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन् । निर्देशक शर्माकी छोरी कृतिले सहायक निर्देशकका रुपमा समेत काम गरेकी छिन । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स, र प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ ।
निर्माण पक्षले केहि सातामा नै शिर्ष गीत सार्वजनिक गर्ने तयारी गरेको छ । ‘अल्लारे’ चलचित्रको ‘रातो टिका निधारमा’बोलको गीतको रिमेक भर्सन यो चलचित्रमा समावेश गरिएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora