बिभिन्न व्यक्तित्वलाई कलाकार संघको पुरस्कार र सम्मान

२०८१ चैत्र ४
बिभिन्न व्यक्तित्वलाई कलाकार संघको पुरस्कार र सम्मान
सम्मान ग्रहण पछि पत्रकार कृष्ण भट्टराई (बाँया) र साधारण सभाका अतिथीहरु (दाँया)

चलचित्र कलाकार संघले बिभिन्न कलाकारहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरेको छ । सोमबार राजधानीमा आयोजित संघको २० औं साधारण सभाका अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो ।

समारोहमा संघले ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’, ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ र ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’का साथै बिभिन्न सम्मानहरु प्रदान गरेको हो ।

कार्यक्रममा कलाकारहरु मुकुन्द किशोर भट्टराई, लय संग्रौला र पुरण जोशीलाई बि.सं २०७८, ०७९ र ०८० सालको ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गरियो । पुरस्कारको राशी जनही रु ७५,०००।– (पचहत्तर हजार) रहेको छ ।

यसै गरी अभिनेत्री श्री गौरी मल्ललाई रु ५६, ०००। (छपन्न हजार) राशीको ‘स्व. शान्ती मास्के स्मृती पुरस्कार’ प्रदान गरिएको छ । यद्यपी मातृबियोगमा रहेका कारण मल्ल भने कार्यक्रममा उपस्थित थिइनन ।

यस्तै रु १०,००० । (दश हजार) राशीको ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ कलाकार रामकाजी घिमिरेलाई प्दान गरिएको छ । 

साथै संघले वर्षेनी पदान गर्दे आईरहेको कलाकार संघ सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गरिएको छ ।