चलचित्र ‘फटाह फणिन्द्रे’ बन्दै कार्म
चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रको शिर्ष भूमिकामा महेश शाक्य ‘कार्म’को अभिनय रहने छ । यस्तै अभिनेत्रीका रुपमा चलचित्रमा सुष्मा कार्की र छुल्टिम गुरुङको पनि अभिनय रहने छ ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन, ईश्वरलाल सिंकेमनको छायाँकन, उत्तम केसीको कथा, हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको पट्कथा र सम्वाद रहेको छ ।
यसअघि अरुणले ‘तिम्रो लागि’, ‘पाठशाला’ ‘चलेछ बतास सुस्तरी’लगायत केही चलचित्र निर्माण गरेका थिए । यो उनको पहिलो निर्देशकिय चलचित्र हुनेछ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora