चलचित्र नृत्य संघको अध्यक्षमा जनक कार्की

चलचित्र नृत्य संघको अध्यक्षमा जनक कार्की निर्विरोध निर्वाचित भएका छन् । यस अघि कार्यबहाक अध्यक्षका रुपमा काम गर्दै आएका कार्की बुधबार राजधानीमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
महाधिबेशनबाट उपाध्यक्षमा गम्भीर विष्ट, सोम लामा र अजय स्याङ्तान, महासचिवमा दीपेन्द्र तिमल्सिना, सचिवमा लीलाधर भट्टराई, सहसचिवमा दीपक तामाङ, कोषाध्यक्षमा नारायण रिजाल र सहकोषाध्यक्षमा नवराज रिजाल निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यका लागि देवराज सापकोटा, सुरेन्द्र बसेल, रामु थापा, रमेश बुढाथोकी र काजिश श्रेष्ठ निर्वाचित भएका छन् ।
महाधिबेशनमा अधिवक्ता ताराकुमार श्रेष्ठ, बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला र बरिष्ठ नृत्यनिर्देशक राजु शाहको निर्वाचन मण्डलले निर्वाचन गराएको गराएको हो । बुधबार नै नवनिर्वाचित पदाधिकारीलाई विजयको प्रमाणपत्र प्रदान गरिनुका साथै पद तथा गोपनियताको सपथ समेत गराइएको छ । चलचित्र नृत्य संघ नेपाली चलचित्रका नृत्य निर्देशक तथा नृत्यकारहरुको छाता संस्था हो ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel