चलचित्र बिकास बोर्डको सदस्यमा निर्देशक राजु केसी नियुक्त

चलचित्र बिकास बोर्डको सदस्यमा निर्देशक तथा छायाँकार राजु केसी नियुक्त भएका छन् । मन्त्री स्तरिय निर्णयबाट बढीमा दुई बर्षका नियुक्त भएका राजुले सोमबार नियुक्तिको पत्र बुझेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केसीलाई मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् ।
सन् १९९४ मा रिलिज भएको चलचित्र ‘प्रेमपुजा’मा सहायक निर्देशक भई चलचित्र क्षेत्रमा प्रवेश गरेका राजुले ‘धर्ती’ नामको चलचित्र निर्देशन गरि निर्देशकका रुपमा आफ्नो पहिचान बनाएका हुन् । डेढ दर्जन चवलचित्रमा छायाँकारका रुपमा समेत काम गरेका राजुले कयौं चलचित्रमा मुख्य सहायक निर्देशकका रुपमा समेत काम गरेका छन् ।
नवनियुक्त सदस्य केसी चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष समेत हुन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel