चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु

चलचित्र ‘फेरी रेशम फिलिली’को छायाङ्कन सुरु भएको छ । सोमबार बुढानिलकण्ठ मन्दिरमा मुहूर्त गरेसँगै छायाँकन थालिएको हो । ९ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘रेशम फिलिली’को दोस्रो श्रृंखलाको रुपमा बन्न लागेको चलचित्रमा निरोज महर्जनको लेखन र निर्देशन रहने छ ।
चलचित्रमा विनय श्रेष्ठ, कामेश्वर चौरसिया, सुपुष्पा भट्ट, नीर शाह, रवीन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेतीलगायतका कलाकारहरूले अभिनय गर्नेछन् । रौनकविक्रम कडेल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने सह निर्माता एनी थापा रहेकी छिन् । सिनेमा आर्ट्सको प्रस्तुति रहने चलचित्र दि मोसन पिक्चर्सको सहकार्यमा निर्माण हुनेछ । नवमीको दिन ‘एनिमेडेट’ टिजर सार्वजनिक गर्दै चलचित्र निर्माण घोषणा गरिएको थियो ।
सुजन प्रजापतिको छायाङ्कन रहने चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, निरोज महर्जन र आकाश बरालको पटकथा र कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, कल्याण सिंह, जयन वाइबा र दीपक शर्माको संगीत रहने छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
-
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel