चलचित्र ‘फिच्यो’को बिशेष प्रदर्शनी
गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । काठमाडौंको सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेसमा चलचित्रको बिशेष प्रदर्शनी गरिएको हो ।
विकाश घले गुरुङको निर्देशन रहेको चलचित्रमा विश्वास गुरुङ, कासी घले(इन्द्र), सु.मन्त्रीजंङग गुरुङ, टिकाराम घले, सीतादेवि गुरुङ, कल्याण थापामगर, कृष्ण गुरुङ, डिवी गुरुङ, विरुप घले, पेम्बाछिरिङ शेर्पा, अन्जना गुरुङ, श्रृजना गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । रेड ओशिय इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्रका निर्माता शान्ति गुरुङ सु.मन्त्री गुरुङ, वुद्धिमाया गुरुङ र अभिनास माङसुम हुन् ।
बिशेष प्रदर्शनीमा चलचित्र हेर्न तमु कलाकार संघका निर्वतमान अध्यक्ष राजु गुरुङ, लमजुङ घले समाजका अध्यक्ष द्रुतराज घले, गायक एवं सञ्चारकर्मी सहज कुमार घले, वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय, उत्तरी गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुनिला गुरुङ, गुरुङ फिल्मका अभिनेता वुद्ध गुरुङ, आनन्द गुरुङ, गायक तथा संगीतकार आँशु लामा, निर्देशक जनक गुरुङ एवं संगीतकार सन्तोष श्रेष्ठको लगायत सहभागी थिए ।
उक्त चलचित्रमा संगीत सन्तोष श्रेष्ठ र गणेश गुरुङको रहेको छ भने मेलिना राई, अन्जना गुरुङ, सुवास गुरुङ र अभिनास माङसुमको पाश्र्व स्वर रहेको छ । त्यस्तै गोरे गुरुङको निर्देशनको नृत्य निर्देशन, प्रकाश गुरुङको छायाँकन, तारा थापा किम्बेको सम्पादन, सम्राट थापाको पाश्र्वसंगीत रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora