अश्लिल भन्दै कथा काठमाडौंको प्रोमो हटाउन बोर्डको निर्देशन, यस्तो छ चलचित्र ऐन र नियमावलीमा व्यवस्था
चलचित्र ‘कथा काठमाण्डु’को ट्रेलर हटाउन चलचित्र बिकास बोर्डले निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
भाद्र २४ गते बोर्डले निर्माण कम्पनी आर. सि. पिक्चर्स प्रा. लि. र आहाना फिल्म प्रोडक्सन प्रा. लि.का नाममा लेखेको पत्रमा भनिएको छ – ‘चलचित्र कथा काठमाण्डुको सामाजिक संजाल युटुबमा अश्लिल दृश्य सहित प्रोमोको रुपमा प्रदर्शन भैरहेको सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’
बोर्डले पत्रमा प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त चलचित्रको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न समेत भनेको छ ।
अध्यक्ष निकिता पौडेलको हस्ताक्षर रहेको पत्रमा बोर्डले निर्देशन पालना नगरे चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२६ र एै. एै नियमावली, २०५७ (संसोधन सहित) बमोजिम आवश्यक कारवाही हुने व्यहोरा समेत उल्लेख गरेको छ । उक्त पत्रको बोधार्थ सूचना तथा संचार मन्त्रालय श्रब्य – दृश्य शाखालाई समेत पठाइएको छ ।
असोज १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र कथा काठमाण्डुको गीत र प्रोमोमा समावेश नायक प्रमोद अग्रहरी र नायिका प्रियंका कार्की बिचको अन्तरंग दृष्यलाई लिएर यसअघि पनि चर्को आलोचना भएको थियो । चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन ।
निर्देशन पालना नगरे के छ कारबाहीको व्यवस्था :
यस्तो छ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ (संसोधन सहित)

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma