दाङमा चलचित्र निर्माण कार्याशाला हुने
चलचित्र निर्माण कार्याशाला हुने भएको छ । दाङमा आयोजना हुने कार्यशाला यही वैशाख २५ देखि ३१ गतेसम्म चल्ने छ । कार्यशालामा चलचित्र निर्देशन, पटकथा लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने आयोजक पहल नेपालले जनाएको छ ।
कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट ३ लघु चलचित्रलाई पुरस्कृत समेत गरिने पहल नेपालका अध्यक्ष तथा चलचित्रकर्मी केएल बुढाथोकीले बताए ।
दाङमा चलचित्र निर्माण गतिविधि अगाडि बढाउन र चलचित्र निर्माणमा रहेकालाई ब्यवस्थित रुपमा अगाडि बढाउन कार्यशालाले लाभदायक सिद्ध हुने बुढाथोकीको भनाइ छ । कार्यशालामा चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले सहभागतिा जनाउन सक्नेछन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
