Mansara

चलचित्र ‘फिंगरप्रिण्ट’को गीत र ट्रेलर सार्वजनिक

२०७५ माघ २५
चलचित्र ‘फिंगरप्रिण्ट’को गीत र ट्रेलर सार्वजनिक

चलचित्र ‘फिंगरप्रिण्ट’को प्रचार सामग्री सार्वजनिक गरिएको छ । फागुण १० गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रको ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको ‘चाहिदैन भो...’ बोलको गीतमा दिपक लिम्बुको स्वर, दयाराम पाण्डेको शव्द, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

राज क्षितिज, दिपक त्रिपाठी, आयुष्मा कार्की, सरिता लामिछाने, रमेश बुढाथोकी, शंकर आचार्य, रश्मि भट्टलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई नबिन निरौलाले निर्देशन गरेका हुन । नबिनकै लेखन रहेको चलचित्रका निर्माता अनिल श्रेष्ठ ‘रोमन’ हुन भने सहायक निर्मातामा शंकर आचार्य र अनिल श्रेष्ठ रहेका छन् । चलचित्र कामना फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

Mahajatra