चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्षमा कपिल

चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको अध्यक्षमा कपिल खड्का निर्वाचित भएका छन् । हेटौडामा सम्पन्न शाखाको पाचौँ अधिवेशनबाट कपिल दास्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
साथै उपाध्यक्षमा श्रीराम अर्जुन, सचिवमा रविन्द्र गौतम, सहसचिवमा दिपेश दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सदस्यहरुमा दर्शन क्षेत्री, कुन्दन प्रवेश धिताल, मन्ज मैनाली र सानु रिजाल देवकोटा विजयी भएका छन् ।
संघका केन्द्रिय उपाध्यक्ष कुबेर डंगोलको उपस्थितिमा निर्वाचन सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi